नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार नौ सय ४१ तथा महिलाको सङ्ख्या एक लाख १५ हजार सात सय ८२ र अन्य तीन मतदाता रहेका छन् । त्यस्तै जिल्लाभरिमा मतदानस्थल एक सय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ र (ख) मा ६१ हजार दुई सय ९३ मतदाता छन् । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ र ९ख० मा ५९ हजार पाँच सय २१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम भएका थिए । त्यसबीचमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन कार्यक्रममा सहभागी भई चार हजार पाँच सय ३७ जनाले फोटो खिचाएका थिए । गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो । त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *