“नारी”

आरती बराल

“नारी”

नारीहरु माथी हुन्छ निकै हातपात
के दुखै मात्र झेल्ने हो नारीहरूको जात…

न त घर, न त समाजले नै दियो माया
सधै नारीहरु बन्नुपर्यो पुरूषको छायाँ…

कति छट्पटाउदै त कति जिउँदै जले
नारीहरूले सधैं दुख कष्ट मात्रै झेले…

बलात्कार र बेचबिखन जस्ता हिंसा, नारी माथि हुन्छ
डरै डरले बाच्नु पर्दा कयौँ नारीहरूको मन रुन्छ…

पुरुषहरु नारीलाई खेलाउना सरह मान्छन्
त्यहि पुरुष मरेभने समाजले नारीहरूलाई अलच्छिनी ठान्छन् …

बाल बाचा देखी घरको काम सबै नारीले गर्नुपर्न
त्यस्ता पुरुषलाई फेरि दाईजो दिनुपर्ने…

पुरुष ले जस्तो काम गरे पनि राम्रो मान्ने
नारीहरूले जति राम्रो काम गरे पनि नराम्रो ठान्ने…

अव तिमी जस्तै अरु नारीहरुलाई मनाउ
सोसन गर्ने ,दमन गर्ने पुरुषहरुलाई थरथर काम्ने बनाऊ …

नारीहरु सबै मिली अब मनको कुरा झिक
आफ्नो हक अधिकारको लागि लड्न पनि सिक…

अब समाजलाई राम्रो बनाउन लागि पर
दुख भुली सुखमा नि रमाउने गर…

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.