अनमोल साकोसको अध्यक्षमा पुनः थापा


अनमोल बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनायकको अध्यक्षमा पुनः बच्चुराम थापा चयन भएका छन् । संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । सर्वसम्वत रुपमा चयन भएको सञ्चालक समितिको उपाध्यक्षमा शंकर के.सी., सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा तुलसादेवी थापा राई र सदस्यहरुमा विश्वराम थापा, लालीमान बुढा, गन्धर्वमान सिंह बस्नेत रहेका छन् ।
त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा मोहन गिरी रहेका छन् भने सदस्यहरुमा विष्णुहरि थापा र बालहरि थापा रहेका छन् । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले विभिन्न प्रस्ताव उपर छलफल गरि प्रतिवेदनहरु पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *