‘अविरल मायाको कोसेली’ लाई लिएर लेखक र गायकबीच सामाजिक सञ्जालमा दोहोरी

बारा ।  ‘अविरल मायाको कोसेली’ विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् । चार महिना अगाडि लेखक मोथेको युट्युवबाट सार्वजनिक गरिएको सो गीतले निकै चर्चा बटुेको थियो । उक्त गीत हालसम्मकरिब २६ लाखपटक हेरिसकिएको छ । 

पुनम मोथेको शव्द तथा लगानीमा निर्माण भएको गीत ‘अविरल मायाको कोसेली’ लाई लिएर द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लेखक मोथे अहिले एक अर्काको विरुद्धमा खडा भएका छन्। गायक अधिकारी र उनकाे समूहले आफूसँग कुनै सल्लाह नगरी विभिन्न संघसंस्थासँग अर्थिक सहयोग लिई अपचलन गरेको मााथेको दाबी छ । अविरल मायाको कोसेलीको प्रचार र रिलिजको समयमा समेत गायक अधिकारीले आफूसँग रकम लिएको माेथेले दाबी गरेकी छन् ।

गायक सिडी विजय अधिकारीले भने गीत तथा म्युजिक भिडियो निर्माणको समयमा लेखक तथा निर्माता मोथेले कबुल गरेको रकम समयमै नदिएको बताएका छन्। उनले विभिन्न संघसंस्थाको लोगो प्रयोग गरेको र अर्थिक सहयोग लिएको आराेप गलत रहेको बताएका छन् । उनले रकम लिएको प्रमाणित गर्न मोथेलाई चुनाैतीसमेत दिएका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *