टोयोटा नेपालको आम्दानी पौने ५ अर्ब


काठमाडौं । टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले एक वर्षमा पौन ५ अर्ब रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । व्यवसायी सुरज वैद्यको लगानी रहेको उक्त कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४७ प्रतिशतले आम्दानी बढाएको हो
सन् २०२० मा कम्पनीले ३ अर्ब ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा ५ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता हो । यस कम्पनीका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिँह वैद्य हुन् । कम्पनीमा सुरजसहित रितु सिँह वैद्य र सुशान सिंह वैद्यको शेयर स्वामित्व छ । कम्पनीमा सुरजको ६० प्रतिशत, रितुको ३० प्रतिशत र सुशानको १० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ४ अर्ब रुपैयाँ अल्पकालिन ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले ए थ्री को रेट्रि पाएको छ । टोयोटा मोटर्स कर्पोरेशन मिनी गाडीदेखि ठूला ट्रकसम्मका मोडेलहरूका बिक्री गर्ने एक परिचित कम्पनी हो । जापानमा आफ्नै १२ प्लान्टहरू र ११ उत्पादन सहायक र सम्बद्ध कम्पनीहरू बाहेक, टोयोटासँग २६ देश तथा स्थानहरूमा ५१ उत्पादन कम्पनीहरू छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *