मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने


मध्यपुर थिमि नगरपालिकाको आयोजनामा वडा लिग फुटवल प्रतियोगिता हुने भएको हुने भएको छ । नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियनको संयोजनमा मध्यपुर थिमि वडा लिग फुटवल प्रतियोगिता हुने भएको हो । नगर भित्र खेल विकासका लागि मध्यपुर नगरपालिकाले उक्त लिग गर्न लागेको जानकारी दिईएको छ । नगर भित्रका नौ वडाका टिम सहभागी हुने उक्त खेलमा नगर भित्रका स्थानीय बासीलाई मात्र खेल्न दिईने आयोजकले जनाएको छ । असोज ८ गते देखि हुने उक्त लिग प्रतियोगिता कार्तिक ७ गते समापन हुने छ । लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय टोली घोषणा गरिने एशोसियसनका अध्यक्ष अष्ट कवेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ यसैगरी द्धितिय हुनेले एक लाख २५ हजार र तृतिय हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने अध्यक्ष कवेले जानकारी दिए । नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, एशोसियसनका सचिव सुरेन्द्र श्रेष्ठ, फुटबलको उत्कृष्ठ खेलाडी उपेन्द्रमान श्रेष्ठ, प्रचार प्रसार संयोजक हरिदास प्रजापति लगाएतको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *