भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्न सकिने


काठमाडौं । भाटभटेनी सुपरमार्केटमा अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । नेपालपे क्युआरलाई ग्राहकले ‘नेपालपे’को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ«्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट नेपालपे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्कयान स्क्रिनमाको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्मृद्धि फाइनान्स, सेलपे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *