मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा छुट


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।
हेल्थ प्याकेज अन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले पाउन सकिनेछ । विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसी लगायतका जाँचहरु गरिनेछ ।
यी जाँचहरु गर्दा लाग्ने साबिकको शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हो । यसपटकको विश्व मुटु दिवस यूज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *