नवकान्तिपुर साकोसले १८ प्रतिशत लाभांश दिने


काठमाडौ । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २०७८÷०७९ को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभांश (करसहित) दिने भएको हो ।
उक्त लाभांश दिने सञ्चालक समितिको प्रस्ताव संस्थाको सम्पन्न २५ औं वार्षिक साधारणसभाले पारित गरेको छ । संस्थाले गतवर्ष सदस्यलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार ९ सय ४८ रुपैयाँ रहेको छ । संस्थाले १ करोड ४४ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय ५० रुपैयाँ संरक्षित पूँजी कोषमा रकम व्यवस्था गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा संस्थामा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको छ । संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न संस्थाको साधारणसभाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, चालु आ.व.को नीति तथा कार्यक्रम पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *