भविष्य साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: श्रेष्ठ

काठमाडौँ । भविष्य बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन संस्थाका सञ्चालक समितिका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । उक्त सभामा जेष्ठ शेयरसदस्य, असल बचतकर्ता, असल ऋणी लगायत शेयर सदस्यहरुका एसईई उतिर्ण सन्ततिहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो भने विशेष अतिथिहरु सुर्यविनायक नगरपालिका सहकारी शाखाका प्रमुख राजेन्द्र कूमार श्रेष्ठ, सूर्यविनायक नगरपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र के.सी.का साथै अतिथिहरुमा छिमेकी संस्थाका अध्यक्षहरुबाट शूभकामना मन्तव्यहरु राख्नू भएको थियो ।

साथै संस्थाको दोश्रो सत्रको बन्द शिविरमा निर्वाचन उप समितिका संयोजक ज्ञानकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित ४ सदस्यीय निर्वाचन उप समितिले सञ्चालन गरेको निर्वाचन कार्यक्रममा सञ्चालक समितिका पूरानै अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्षमा सरस्वती घिमिरे, सचिवमा विश्वनाथ ढुङ्गेल, कोषाध्यक्षमा गंङ्गाराम श्रेष्ठ, सदस्यहरुमा उद्धव प्रसाद घिमिरे, बलराम खड्का, रुपा देवी सेडाईं, दामोदर भट्टराई, हिराकृष्ण माडी श्रेष्ठ, अनिता भट्टराई, तोक बहादूर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रम संचालन संस्थाको ब्यवस्थापक लक्ष्मीपुष्पा भट्टराईले गर्नुभएको थियो ।

साथै संस्थाले लेखा सुपरिवेक्षण समितिका संयोजकमा यशोदा देवी नेपाल र सदस्यहरुमा सुनिता के.सी र शान्तिराम ओली रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *