मध्यपुर थिमि साकोसको १५ औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समिति तथा मानन्धर गुंला बाजा सिवा साय्मि खलःलाई सम्मान गरेको हो । मध्यपुर क्षेत्रकै गौरव गर्न लायकको संस्कृतिलाई विकास, संरक्षण र प्रवर्धनमा खेलेको भूमिकाको मूल्यांकन गर्दै ती संस्थाहरूलाइ सम्मान गरिएको संस्थाले जनाएको छ । बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बसन्त मानन्धरले दोसल्ला ओडाएर फूलमालासहित कदर–पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन् । कार्यक्रममा सुरेश श्रेष्ठ तथा समीर कारंजितलाई सदस्य प्रोत्साहन पुरस्कार दिइएको छ
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सहकारी संस्थालाई नियमन, निरीक्षण र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ‘तीनवटै सरकारका संयन्त्रले सहकारीको विकासको लागि काम गरिरहेको छ । संघ सरकारमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेशगत संरचना तथा स्थानिय तहको सरकारले समेत सहकारीको क्षेत्रमा काम गरिरहेको छ । मन्त्री मानन्धरको भनाइ थियो ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानीय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।कार्यक्रममा संस्थाको चुक्ता शेयरपुँजी रु. १ करोड ६४ लाख ४० हजार, बचत संकलन १३ करोड ६६ लाख २४ हजार गरी ऋण लगानी १२ करोड ५९ लाख २० हजार रहेको जानकारी दिइयो । वित्तीय विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको संस्थामा आर्थिक वर्ष २०७८–७९ सम्म सेयर सदस्यहरु १४२५ जना पुगेकोमा पुरूष ८७५ महिला ५५० रहेको जानाकारी दिइयो ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घघाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न कार्यविधि जारी भए बमोजिम संस्थाले छलफल गर्नुपर्ने सम्पूर्ण प्रस्तावलाई सभामा प्रस्तुत गरी सदस्यहरुको सुझाव संकलन गरी निर्णय पारित गरिएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णकाजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको सभाका प्रमुख अतिथि मन्त्री मानन्धर रहेका थिए भने अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिका ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी कार्यसमिति सदस्य कृष्णश्वर प्रजापति, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख सुरेश राई, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर, बज्राचार्य गुंला बाजा समूहका संयोजक सूर्य बहादुर बज्राचार्य, महांकाली नाच व्यवस्थापन समितिका राधेश्याम प्रजापति, प्रजापति समुदायको गुंला बाजा समूहका विक्रम प्रजापति, निलबाराही गण प्याखँ बोडेका आदरणीय देवगणहरु, लायकू भैलःका गुरु मुतीकुमार श्रेष्ठ, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समितिका विरेन्द्र भक्त गजू श्रेष्ठ लगायतको सभा उपस्थित रहेका थिए ।
सञ्चालक सदस्य रमेश थुसा श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सुन्दर श्रेष्ठले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सागर गुरागाइँले सञ्चालन गरेको कार्यक्रममा महिला उपसमितिकी संयोजक ललिता यलायले स्वागत मन्तव्य राखेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *