साइनिङ्ग नेपाल फाउन्डेसनद्वारा आयोजित ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

विभुषण पन्थी र किरण खड्काको जोडी प्रथम भए

काठमाडौं । विगत बर्ष झै यसपटक पनि बडा दशैको पुर्व सन्ध्यामा साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहको सयुक्त आयोजनामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना रातोपुलमा भएको थियो । भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहका ५२ खेलाडीहरुले भाग लिएका उक्त प्रतियोगिता असोज ८ गते शनिबारदेखि खेल शुरु भएर आज असोज ११ गते प्रतियोगिताका सबै खेल सप्पन्न भएको थियो ।

प्रथम हुन सफल विभुषण पन्थी र किरण खडका ।

आज नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन गरिएको थियो । प्रतियोगिताको फाइनल पुग्न सफल विभुषण पन्थी र किरण खडका जोडी र कुमार अर्याल र दिपकराज श्रेष्ठको जोडी बिच अत्यन्तै रोमान्चक फाईनल खेलको मजा लिन पाईएको थियो । खेल ३ सेटसम्म चलेको थियो । पहिलो सेट विभुषण पन्थी र किरण खडकाको जोडीले कुमार अर्याल र दिपकराज श्रेष्ठको जोडीलाई २१-१३, दोश्रो सेट कुमार अर्याल र दिपकराज श्रेष्ठको जोडीले २१-१७ र तेश्रो सेट विभुषण पन्थी र किरण खडकाको जोडीले २१-१५ ले पराजित गर्दै प्रथम भएका छन, भने कुमार अर्याल र दिपकराज श्रेष्ठको जोडी दोश्रो भएका छन । प्रतियोगितामा सेमीफाईनलमा पराजित यज्ञ केसी खत्री र अभिषेक ध्वज राणाको टोलीले इच्छाराज श्रेष्ठ र डिके तमाङको जोडीलाई पराजित गरि तेस्रो स्थान गरेको थियो । प्रतियोगितामा २६ वटा टोली बिच (पुरुष डबल) प्रतिस्पर्धा भएको थियो । सहभागी २६ टिम मध्ये ६ वटा टिमले बाई पाएर सिधै अन्तिम १६ टिममा पर्न सफल भएको थियो ।

२० टिम बिच गत शनिबारदेखि प्रतियोगिता गराइएको थियो । असोज ९ गते प्रिक्वाटर क्वाटर फाईनलका खेल खेलाईएको थियो, भने असोज १० गते क्वाटर फाइनल र सेमिफाइनल फाईनलको १ खेल खेलाईएको थियो । आज असोज ११ गते एउटा सेमिफाइनल, तेस्रो स्थानको र फाईनल खेलका प्रतिस्पर्धा भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमका खेलाडी द्वयले शिल्ड, प्रमाणपत्र तथा वेष्ट ब्याट्मिन्टन र्‍याकेट एक एक वटा प्राप्त गरेका छन् । यस्तै दोस्रो हुने खेलाडी द्वयले शिल्ड, प्रमाणपत्र तथा ब्याटमिन्टन सुज एक एक जोर र तेस्रो हुने टिमले शिल्ड, प्रमाणपत्र तथा ब्याट्मिन्टन खेल्दा लगाउने जर्सी प्राप्त गरेका छन् । शिल्ड तथा प्रमाणपत्र र जिन्सी पुरस्कार कार्यक्रम प्रमुख अतिथि उपेन्द्र पौडेलले प्रदान गरेका थिए ।

प्रथम भएका नव युवा खेलाडी विभुषण पन्थीलाई प्रतीभावान युवा खेलाडीको रुपमा सम्मान सहित ब्याटमिन्टन र्‍याकेट प्रदान गरिएको थियो । तेश्रो हुने मिहिनेती खेलाडी अभिषेक धव्ज राणालाई प्रतियोगिताको बेष्ट खेलाडीको उपाधी प्राप्त गरेका थिए । सत्याग्रह साप्ताहिक तथा काठमाडौ न्युजडटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेलले (सीरा अगस्त्य) व्यक्तिगत रुपमा नगद तिन हजार रुपैँया र मायाको चिनो राणालाई प्रदान गरेका थिए ।

प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको छ । यसैगरी खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र युवाहरुलाई खेलाडीका रुपमा विकास गर्ने लक्ष्य रहेको प्रतियोगिता आयोजक तथा फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यले जानकारी दिए । प्रतियोगिताको मेडिया पार्ट्नरका रुपमा सत्याग्रह साप्ताहिक र काठमाडौ न्युजडटकम रहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *