सिटिजन्स बैंकको साधारणसभा कात्तिक ४ गते


काठमाडौ । सिटिजन्स बैंकले कात्तिक ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा रहेको छ । त्यसैगरी, कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
यसर्थ, कम्पनीले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७८÷७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *