माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिरहामा


काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घघाटन कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल र बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा गरेका थिए । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । माछापुच्छ्रे बैंकले यो एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने बैकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *