सहकाली साकोसको १५ औं साधारणसभा सम्पन्न


सहकाली बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आफ्नै कार्यालय प्राङ्गणमा सभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको बीचमा वार्षिक, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी सभा सभा सम्पन्न गरेको छ । सभामा अध्यक्ष राधेश्याम खड्काले अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ वर्ष अघि २८ जना सदस्यबाट शुरु भएको संस्थामा असार मसान्तसम्म आइपुग्दा ३ हजार ५ सय ८७ जना सदस्य पुगेको उनले बताए । त्यसैगरी संस्थाको शेयरपुँजी ११ करोड ३६ लाख, जगेडा तथा अन्य कोष १९ करोड १५ लाख, स्थिर सम्पत्ति ८ करोड ८६ लाख, बचत संकलन १ अर्ब ४४ करोड, ऋण लगानी १ अर्ब ६६ करोड गरी कुल कारोबार २ अर्ब ८ करोड ४० लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थाले संस्थागत सुशासनलाई पालना गर्दै नियमनकारी निकायबाट प्राप्त निर्देशन र सदस्यले दिएका सल्लाहसुझावलाई आत्मसात गर्दै अगाडि बढेको खड्काले बताए ।
संस्थाले सामुदायिक विकास कोषको सदुपयोग गरी समुदायमा रहेका नागरिकलाई सेवा प्रदान गर्ने, कृषि र पर्यटनको माध्यमबाट उत्पादकत्वमा टेवा पु¥याउने, अल्पकालिन र दीर्घकालिन योजना बनाई लागु गर्ने १० लाख सम्मको ऋणमा बीमा व्यवस्था गर्ने, संरक्षित पुँजी फिर्ता कोषको रकम नियमित रुपमा सदस्यलाई फिर्ता गर्दै जाने, उद्यमशीलता विकासका लागि सदस्यलाई सघाउने र सहकारीहरुबीच गाभ्ने गाभिने कार्यमा नेतृत्वदायी भूमिका खेल्ने पनि उनले जनाए । सभामा लेखा सुवपरीवेक्षण समितिको तर्फबाट संयोजक कुमारप्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानीमा बीमाको व्यवस्था गर्न र भाखा नागेका र उठाउन नसकिएका ऋणहरुमा अपलेखन नीति निर्माण गरी राफसाफ गर्न सुझाव दिए । कोषाध्यक्ष सुजन कार्कीले गत आ.व.को आर्थिक प्रतिवेदन तथा चालु आ.व.को बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद घिमिरेले स्वागत मन्तब्य राख्दै सदस्यको श्रम पुँजी र सीपलाई सदस्यहरुकै समृद्धिका लागि लगाउने बताए । सभाले राधेश्याम खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको संस्थाले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *