सिटी एक्सप्रेसको बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो योजनाको बिजेताको नाम घोषणा


सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०÷१० तोलाचाँदी जित्न सफल भैसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भु बहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनि साथै मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०÷१०तोलाचाँदी जित्न सफल भैसकेका छन् ।
सिटीले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन,हरेक हप्ता १ जनालाई १० तोलाचाँदीसाथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
कम्पनीका अनुसार यस “बिदेशबाटसिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *