गरिबका लागि दशैँ होइन दशा हो !

आरती बराल

कुनै एउटा ठाउँमा सुन्दर गाउँ थियो । त्यस गाउँमा लगभग २० घरहरु थिए । राजाराम गरेको एउटा असल मान्छे त्यही गाउँमा बस्दै आएका थिए । उनको एउटा सानो परिवार थियो । उनको परिवारमा उसकी श्रीमती र एउटा सानो छोरा, आफुसहित तिन जना थिए । राजाराम दयालु मन भएका मेहनती, असल व्यक्ति थिए । उनको परिवार गरिबीको रेखामुनि थियो । दिनरात मिहिनेत गर्दा पनि बिहान र बेलुका खान उनको परिवारमा निकै धौंधौं परेको थियो ।

राजाराम गिट्टी कुट्ने काम गर्थे, भने उनको श्रीमती अरूको घरमा काम गर्न जान्थीइन् । उनका छोरा बलराम गाउँको सरकारी विद्यालयमा कक्षा पाँचमा पढ्थ्य । गरिब भएको कारणले उनीहरुको परिवारलाई गाउँका मानिसहरूले दमन र शोसण गर्थे ।

गाउँमा दशैंको चहलपहल थियो । एक दिनको कुरा हो ढुंगा फुटाउने काम गर्नका लागि राजाराम साथीहरुसँग आफ्नो घरबाट दुई घण्टा हिँडेर एउटा घना जङ्गलमा गए । त्यस जंगलमा गएर उनिहरुले ढुङ्गा फोर्ने काम गर्न थाले । ढुङ्गा फोर्ने क्रममा एक्कासि माथिबाट ढुङ्गा पल्टिएर आयो । ढुङ्गा पल्टिएर आएको उनका साथीहरुलाई थाहा हुँदाहुँदै पनि केही बोलेनन् । ढुङ्गा नजिकिदैँ आएको थापाएपछि उनि भाग्नलागे तर पनि उनि सफ हुन सकेनन् । र, उनलाई माथिबाट आएको ढुङ्गाले थिच्यो ।

र, उनि हार ,गुहार गर्न थाले जति हार गुहार गरेपनि उनको शत्रुरुपि साथिहरुले सुने-नसुनेको झै गरे । साझा पर्न लागिसकेको थियो । उनि भने, अ‍ैया, अथा, रामे, विरे, पुन्टे मलाई ढुङ्गाले थिच्यो भन्दा पनि उनका साथिहरुले थाहा नपाएको जस्तो गरे । साझ झमकै पर्यो सबै साथिहरु घर फर्किए, तर राजराम भने त्यहि अँया आथा गर्दै गुहार मागि रहेका थिए ।

यता बलाराम भने आफ्नो बुबालाई घरको दैलोमा बसेर कुरीरहेका थियो । उसको बुबासँग गएका साथीहरु घर फर्किंदा आफ्नो बुबा नआउँदा उ आत्तिन थाल्यो । बलरामले आत्तिदैँ आमा-आमा भन्दै भित्र गएर भन्न थाल्यो “आमा बुबा त अझै आउनु भएन, बुबासँग गएका साथीहरु सबै आउनु भैसको तर बुबा भने अझै आउनुभएको छैन ।” छोराको कुरा सुनेर राजाराम की श्रीमती आत्तिदै श्रीमानसँगै गएका साथीहरुको घरतिर सोध्न भनेर लागिन् ।

प्रश्न सोधेका तिनै जनाले एउटै उत्तर दिए “हामी तिनै जना मिलेर बोलायौं, कति खोज्यौं नभेटिएपछि हामिलाई छाडेर घर गैसेछन क्यारे भनेर हामि पनि हिडेयौँ ।” अझै आएका छैनन् र ? उनिहरुले झन प्रश्न सोध्धै मनमायालाई अत्याए । उनि पहिले भन्दा झन भक्कानिदै, आत्तिदैँ, रुदैँ घर तिर लागिन् । घरपुगेकि मनमाया तै पनि आउँछन की ! कतै कता गए भनेर पुन्टे रामे, विरेलाई पो खोज्न थालेकी ? त्यसैले गर्दा ढिलो भाको होला, उनले आफ्नो मनमनै प्रश्न गर्न थालिन् ।

घरमा खाने अन्न थिएँन । आफु भोको बसेर भएपनि छोरालाई खोले बनाएर दिइन् । तर, बलराम भने खोले खान मानेन । “आजत अष्टमी सबैको घरमा मासु पकाको छन् । हाम्रो घरमा चै जैलेपनि ढिडो, खोले मात्र , कैले खाने हामिचै मासु ? मलाई तल्लो घरको सानेले पनि मासु देखाइ-देखाई खायो, त्यसले मासु खाको देख्दा मलाई पनि अलि/अलि खान मन लागेको थेन हामिचै कहिले खाने आमा मासु ?” छोराको यस्तो कुरा सुनेपछि उनि फकाउँदै भन्न थालिन् । “बाबू तिम्रो बुबा दशैँको लागि तिमिलाई नयाँ/नयाँ कपडा र मासु किन्न बजार जानुभएको छरे माथि विरे काकाले भनेका अब आएपछि खाने नि त है” मनमायाले छोरालाइ थुम्थुम्याउदैँ भनिन् ।

छोरालाई फकाई फकाई खोले खुलाएर सुताइन् । आफू भने श्रीमान कति बेला आउँछ भनेर बाहिर कुरेर बसेकी थिइन् । रात छिपियो, अन्धकार भयो तर पनि राजाराम आएनन् । बिहानि पख बलराम बिँउझियो र नरमाइलो मान्दै आमालाई आयर भन्न थाल्यो । आमा अझै आउँनुभएको छैन बुबा ? छोराको त्यो कुराले उसलाई झन भावुक बनायो । उसले केहि भन्न सकिनन् र खुशी हुँदै अहिले आउनु हुन्छ भनेर घोप्टो पर्दै बाहिर निस्किीन् ।

बलरामको भने नयाँ लुगा लगाउन पाउने खुशीले भुइमा खुट्टा थेन । उ खुशी हुदैँ तल्ता घरे सानेलाई सुनाउन भनेर लाग्योे । “यो पालीको दशैँमा त मैले पनि नयाँ लुगा लगाउन पाउने भए । मेरो बुबा मलाई नयाँ लुगा किन सहर जानुभएको छ” खुशी हुदैँ सानेलाई भन्यो । सानेले खिल्लि उडाउदैँ भन्यो, “तेरो बाबा कपडा किन होइन भिक मग्न गएको हो । तेरो घरमा एक दान चामल त छैन, तलाई कपडा कसरी ल्याइदिन्छ, तेरो बुबाले” सानेले हेपेर भन्यो । सानेको यस्तो कुरा सुने पछि उ निरास हुँदै घरतिर लाग्यो । उसलाई कति बेला बुबा आउनु होला र सानेलाई नयाँ कपडा देखाउनु भने हतार भएको थियो ।

यता वनमा दाउरा खोजन गएका मान्छेहरूले राजारामलाई ढुङ्गाले थिचेको देखे । यो देखेर दाउरा गएकाहरु अताल्लिदै ढुङ्गा निकाल्न तिर लागे । सबै जना मिलेर ढुङ्गालाई हटाए तर राजाराम भने जिउँदो रहेका थेनन् । सब‌ै मिलेर राजारामको मृत शरीर लिएर राजारामको घरतिर लागे ।

काम गर्न भनि गएका श्रीमानको मृत शरिर देखेपछि मनमाया समालिन सकिनन्, उनि ज्यान छाडेर रून थालिन् । बुबाले नयाँ कपडा किन्दीने कुरा साथिलाई सुनाएर आएको बलराम आफ्नो घरमा धेरै मान्छे र हो-हल्ला सुन्दा अचम्म पर्यो । बलराम अताल्लीदै घरतिर दौड्यो । घर पुग्दा त आगनँमा आफ्नो प्राण भन्दा प्यारो बुबाको मृत शरीर देख्दा उ भकानिएर रुन थाल्यो । दशैँको बेला राजारामको परिवारमा दैवको आँखा लाग्यो । वरपर सबैको घरमा दशैँ आयो तर राजारामको घरमा भने शोक छायो ।

मनमायाको श्रीमान सहित सिन्दुर-पोते, रातो चुरा सँगै काम पनि खोसियो । उसलाई अलक्षिने श्रीमान मारेर खाई भनेर गाउँलेहरुले भन्न थाले । अब हामीलाई पनि खान्छे भन्दै कामबाट निकालि दिए । गाउँका मानिसहरुलाई कति बिन्ती गरीन् तर सबैले श्रीमान खाई अब हामीलाई खान्छे भनेर काम दिएनन् ।

खानलाई अन्न केही नभएपछि उनि पारि गाँउमा गिटी कुटने काम गर्न गइन् । तर त्यहाँ पनि सबैले उसलाई अलक्षिने भनेर हेप्न थाले । बलराम त्यति सानै उमेरमा टुहुरो भनेर चिनिन थाले । बलरामलाई साथीहरूले विद्यालय जाँदै गर्दा बाटोमा एउटाले कुरा निकाल्यो “मेरो त बाबाले सहर गएर कति धेरै मिठाइ र मिठो खाने कुरा कपडा लाउनुभएको छ, ओइ बलराम तेरो त बाउ नि मर्याे है” साथिले हेपेर भनेको जस्तो गर्याे । साथिहरुले नराम्रोसँग भनेपछि दिउँसो भरि बलरामको अनुहार अधेरो भएको थियो । विद्यालय विदा भएर घर फर्कनी बेला गाउँलेहरूले बलरामलाई देखेर भने, “टुहुरो आयो यो हिडेको बाटो हिडनु हुदैन है अलक्षिन लाग्छ । यसको अगि-पछि हिड्नु हुँदैन् । यसकि आमाले बाउलाई खाई अब यसलाई पनि खान्छे” भनेर बलरामलाई भने ।

बलराम नराम्रो मान्दै घरतिर लाग्यो । ऊ धेरै भोकाएको थियोे घरमा खाने अन्न थिएन । उसलाई भोकले निकै सताएको थियो । साँझ पर्यो आमाको बोली सुनेर बलराम खुसी हुँदै बाहिर निस्कीयो । उनले छोरालाई खाना खान बोलाएकी रहेछिन् । बलराम आयो र खाना खादै थियो । छोरालाई हेर्दै मनमायाले मन मनै भनिन् “बिचरा मेरो छोरालाई मैले भोको पेट नि भर्‍याउन सकिन धिकार छ मलाइै” रुदै भन्न थालिन् । सुत्ने बेला भयो बलरामले भन्यो, “ममी हजुरले बाबालाई खानु भएको होर ? अनि मलाई पनि खानु हुन्छ रे हो ?” उसले केही जवाफ दिन सकिनन् । केही नभनि कस्ले भनेको यस्तो भनेर अहिले सुत भनिन् । रात भरी छोराले भनेको कुराले उनको मनमा विभिन्न थरीका कुराहरु खेल्न थाले ।

हेर्दा/हेर्दा एक बर्ष कटेछ । फेरी पनि गाउँ घरमा दशैँको रैनकले छाएको थियो । सबैको घरमा खुशी ल्याएको थियो । तर मनमायाको घरमा भने त्यस्तो केही थिएन । मनमायाको श्रीमान मरेपछि उनको आधि दिमाख नै थेन । उनिहरुको घरमा दशैँ आउनु भनेको दशा जस्तै थियो ।

बलरामको साथिहरू नयाँ लुगा लगाएर बलरामलाई तेरो त पुरानो लुगा हाम्रो नयाँ भनेर जिस्काए । बलराम रूदै आयो र आफ्नो आमालाई भन्यो, “आमा यसपालि मलाई नयाँ लुगा नकिन्दीने सबैले नयाँ/नयाँ लुगा लगाए मैले कहिले लगाउने ।” उसले रूदै भन्यो, सबैको घरमा खसी, बोका काटेका छन्, हाम्रोमा कहिले काटने ? सायद बाबा हुनुभएको भए मासु लाउनु हुन्थियो ।” छोराको यस्तो कुरा सुनेर मनमाया केही बोल्न सकिनन् । छोराको हात समाउँदै भनिन्, “बलराम, (बाबु) यो दशैँ त धनी र हुनि खानीलाई मात्रा हो । हामी जस्तो गरिब, हुँदा खानेलाई नआएकै राम्रो, काम छैन । गरिबको लागि यो दशैँ होइन, दशा हो ।” उनले रुदै भनिन् बलराम पनि आमाको यस्तो कुरा सुनेर भक्कानिएर रुन थाल्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *