माछापुछ्रे बैंकको २३ औं बार्षिकोत्सव, ग्राहकलाई यस्ता छन् अफर

काठमाडौ । माछापुछ्रे बैंकले संचालनमा आएको २२ बर्ष पुरा गरि २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकलाई उपहारको बहार दिएको छ। यस अवसरमा आज बैंकले एक कार्यक्रम गरि आफ्ना कर्मचारीलाई सम्मान गर्नुका साथै ग्राहकहरुका लागि नयाँ योजना पनि सार्वजनिक गरेको हो ।

बैँकले २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो । बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसै गरी सञ्चालक समितिका सदस्य रोशन के.सीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद दिए । बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद दिएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यबाद दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *