लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ । यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसमा कुनैपनि दूई पांग्रे सवारी साधन किन्न कम्पनीले आग्रह गरेको छ ।
यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्राप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन टीभीएसका कुनै पनि दूई पांग्रे सवारी साधन किन्न सकिने छ ।यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक विजेताले रियलमी सी ३० स्मार्ट फोन र २५ डाउनपेमेन्ट र ४,२७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *