सपना देखाउन मात्र होइन्, केही गर्नभनि उम्मेदवार बनेर आएको हु : काफ्ले

दोलखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम दोलखा प्रदेश सभा (क) का उम्मेदवार कुन्दनराज काफ्लेले आफू शासक होइन् जनताको सेवक बन्ने बताएका छन् । घरदैलो गर्दै गौरीशंकर पुगेका काफ्लेले सो कुरा बताएका हुन् । उनले आफू निर्वाचनमा उम्मेदवार भएर आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताएका छन् । “म उधारो सपना देखाउन मात्र होइन् केही गर्नुपर्छ भनेर उम्मेदवार बनेर आएको हु” उनले भनेका छन् । “म झुटो आश्वासन दिन आएको होइन ,तपाईंहरुको समस्या सुन्न आएको हो , तपाईंहरु मत दिने मतदाता सबै भगवान हो” उनले भने, कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने जिम्मा तपाईंहरुको हातमा रहेको छ उनले भनेका छन् । हिजो निर्वाचित भएर गएका नेताहरुले दोलखाको मुहार फेर्न नसकेको काफ्लेले आरोप लगाएका छन् ।

उनले भने, निर्वाचित भएर जाने हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको छ । अब हुने निर्वाचनमा पहिले जस्तो गल्ती नगर्न स्थानीयहरुलाइ आग्रह गरेका छन् । काफ्लेले हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताउन नहुने बताएका छन् । लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर आएको उनले बताए ।

जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनको भनाइ छ । आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उनको भनाइ रहेको छ ।
गठबन्धनको साझा उम्मेदवार रहेका काफ्लेको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाठ नर बहादुर श्रेष्ठ रहेका छन् । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *