चुनाव नजित्दै विनोद चौधरीले पूरा गरे वाचा


चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। समूहले उद्योग स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर संचालन अनुमति लिएको हो। समूहले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ। समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए। तर नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेको समूहको जिकिर छ। यही क्षेत्रबाट विनोद चौधरी नेपाली कांग्रेसबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। उनले चुनावी घरदैलोको क्रममा केरा किसानले उचित मूल्य नपाएको भन्दै केरासम्बन्धी प्रशोधन उद्योग खोल्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएका हुन्। प्रबन्ध निर्देशक चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध भए पनि पनि निर्वाचन लगत्तै अगाडि बढाइने बताए। ‘यस क्षेत्रलाई हामीले औद्योगिक पार्कका रुपमा विकास गर्नेछौं। यहाँ अन्य उद्योगहरु पनि विस्तार हुँदै जाने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *