दि नेपाल डिस्टीलरिजले पायो आइएसओको प्रमाणपत्र


काठमाडौं । खुकुरी रमको उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ आइएसओ ९००१ः २०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी यूकेएसबाट प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरू तय गर्दछ ।
दि नेपाल डिस्टीलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि समयसापेक्ष बनाउँदै आएको छ । यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत् ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक शुभास लामिछानेले ‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा गौरव महसुस भएको बताए । उनले उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात हुँदै आएका छन् । हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *