बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने


काठमाडौं । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषणा गरेको हो । सरकारले १ जनवरी २०२३ देखि यो विमानस्थल सञ्चालनमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ । कम्पनीका अनुसार यो पोखरा–बनारसमा साताको तीन आइतबार, मंगलबार र बिहीबार उडान हुने छ । बुद्धले अहिले काठमाडौं–बनारस रुटमा उडान गरिरहेको छ । बुद्ध एयरका अनुसार पोखरा विमानस्थलबाट भारतका थप दुई विमानस्थलमा उडान विस्तारको योजना छ । एयर ट्राफिक सर्भिस रुटका लागि नेपाल सरकारले भारतीय सरकारसँग पहल गरिरहेका कारण स्लट र रुट स्वीकृत हुनासाथ पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा बुद्धले उडान गर्ने भएको छ । यी दुवै गन्तव्यमा सातामा क्रमशः २ र ३ दिन उडान गर्ने बुद्ध एयरले जानकारी गराएको छ । यी रुटका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाइने बुद्ध एयरले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *