राष्ट्र, राष्ट्रियता र क्षेत्रका विकासका लागि ज्यानदिन तयार छु : कुन्ती पोख्रेल

काठमाडौं । आगामी मंसिर ४ माहुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यउम्मेदवार बनेकीकुन्तीदेवीपोख्रेलले आज राष्ट्रिय प्रजातन्त्रपार्टीले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोध गरेकी छिन् । कार्यक्रममा बोल्दै उनले तपाईंहरुको यो उपस्थितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ऐतिहासिक जितहासिल गर्ने बताएकी छिन् । उनले ‘म समानुपातिकमा नबसी प्रत्यक्षमा उठेर राम्रा काम गरेँ लागेको छ भन्दै मतदातासँग सुख दुःख साटासाट गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्, ‘शंखरापुर नगरपालिका जितेको ठाउँमा उभिएर बोलिरहँदा यस बेला तपाईंहरुको साथको जरुरत छ । यहाँ कुन्ती पोख्रेल, राजु विष्ट र सुनिल केसी मात्रै उठिरहेका होइनन् तपाईंहरु आफै उठिरहनुभएको छ,’ उत्साहित हुँदै भनिन् । मैले सांसद हुनुभन्दा पहिला सामाजिक अभियानमार्फत देशका विभिन्न दूर्गम ठाउँमा पुगेर महिला तथा बालबालिकामा स्वास्थ्य समस्या समाधानकालागि भिन्न सिविर सञ्चालन गरेर सहयोग गरेँ । महिला दिदीबहिनीहरलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने काम गरेँ । जनतामा के कस्ता समस्या छन् भन्ने कुरामा धेरै अनुभव बटुलेर आएकी छु । म आफै उद्यमी भएकाले युवाका समस्याहरु के के छन् भन्ने मलाई राम्रोसँग थाहा छ । उनले थप जोड दिइन्, ‘काठमाडौं २ नम्बर क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि म लगायत ३० जनाउम्मेदवारहरु प्रतिस्पर्धामा छौं । ती सबैलाई हरेर तपाईंहरु आफै मूल्यांकन गर्नुहोस् ।

कोही पटक–पटक संसदमा पुगिसकेका छन् । कोही यो क्षेत्रको परिचयन नै भएका आएका छन् । तर, म यहाँ सामाजिक रुपमा धेरै काम गरेर आएकी छु । मैले समाजसेवा, उद्यमी र राजनीतिलाई एकै साथ अगाडि बढाएर धेरै अनुभव बटुलेकी छु । ती कामहरु हरेर आफै मूल्यांकन गर्नुहोस् मलाई त्यसै भोट दिनुपर्दैन ।’ ‘मैले देश विभिन्न दूर्गम क्षेत्रमा गएर महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको स्वास्थ्य सिविर सञ्चालन गरिन कि, देशका विभिन्न जिल्लाका महिलाहरुलाई सीपमुलक तालीम दिएर स्वरोजगार बनाइन कि ती कामको फाइल पल्टाएर तपाईंहरुले हेर्न सक्नुहुन्छ पोख्रेलले स्मरण गराइन् । उनले थप जोड दिइन्, ‘विगत ३३ वर्षदेखि यो क्षेत्रले कुन्ती पोख्रेललाई पर्खिइरहेको भन्दै अब त्यो थाती रहेको काम म पुरा गरेर छाड्छु ।

’म राष्ट्र, राष्ट्रियता र यस क्षेत्रको विकासका लागि ज्यान दिन तयार छु । जित हार आफ्नो ठाउँमा छ, म यहा गल्ली-गल्ली, टोल-टोल, घर-घर घुमेकी छु, यहाँको माटोसँग भिजेकी छु । कुन ठाउँमा कस्तो विकास गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ । तपाईंहरुले मलाई जिताएर पठाउनुहोस् यो क्षेत्रको विकासको नाममा विगत ३३ वर्षदेखि कस–कसले कति बजेट मारेर खाएका छन् त्यसको एक–एक फाइल पल्टाएर हिसाब-किताब तपाईंहरुसमक्ष ल्याउने छु । यसपालि मेरो जित त हुन्छ नै हुन्छ, म संसदमा जान्छु । त्यसपछि म मात्रै होइन विकास भएन भनेर अनसन बस्ने तपाईंहरु पनि सँगै जानुपर्छ र बजेट ल्याएर विकास गर्नुपर्छ, पोख्रेलले विश्वस्त पारिन् । उनले सम्झाउँदै भनिन्, ‘कुन्ती पोख्रेलले गरेका काम पनि हेरिदिनुहोस् र अब त झन् कामगर्न नै आएकी छु, त्यसको लागि तपाईंहरुलाई एउटा सर्त छ, आगामी मंसिर ४ गते ‘हलो’माभोट हाल्नुपर्छ ।’

मेरो जितत सुनिश्चि छ म संसद्मा जान्छु जान्छु । कुन्ती पोख्रेलले गरेका काम पनि हेरिदिनुहोस् । हामी सबैले होस्टेमा हैसे गरौं । हाम्रो जित सुनिश्चित छ पोख्रेलले विश्वास दिलाइन् । कार्यक्रमका प्रमुख अतिथि पशुपति शमशेर जबराले यस क्षेत्रका उम्मेदवार कुन्ती पोख्रेल, राजु विष्ट र सुनिल केसी असाध्य मन परेका व्यत्ति हुन् भन्दै यहाँ भएको बुद्धको शिर कतै नदेखेको बताए ।

त्यसैले शाँखु धार्मिक नगरी भएको पनि स्मरण गरे । प्रदेश सभा सदस्य ‘क’का उम्मेदवार सुनिल केसीले ‘हाम्रो जित सुनिश्चित भइसकेको छ, अब घोषणा हुन मात्रै मंसिर ४ पर्खनु परेको छ,’ उनले बताए । त्यसैगरी काठमाडौं क्षेत्र नं. २ प्रदेश सभा ‘ख’तर्पmका उम्मेदवार राजे विष्टले शंखरापुरको विशाल जनउपस्थितिले यस क्षेत्रमा राप्रपाको जित निश्चितभएको बताएका छन् । कार्यक्रममा अन्य वक्ताहरुले पनि आ–आफ्नो धारणा राखेका छन् ।

जनता भगवान हुन् : कुन्ती पोख्रेल

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई सशक्त बनाउँदै अगाडि बढाइरहेकी छिन् । उनले चुनाव प्रचारप्रसारका क्रममा आफ्ना कार्ययोजना र जनताका समस्या बुझ्ने कुरालाई पनि सँगसँगै प्रस्तुत गरेकी छिन् ।

त्यसममा उनले पुराना राजनीतिक दलप्रति जनताको ठूलो वितृष्णा भएको र उनीहरुले उम्मेदवार खडा गर्दा पनि पुरानैलाई महत्व दिएका असन्तुष्टि बढेको बताउँदै ती असन्तुष्ट भोटर आफ्नो पक्षमा उभिएको बताएकी छिन् । उनी भन्छिन्, ‘अहिलेसम्म यो क्षेत्रबाट यतिधेरै नेताहरुले चुनाव जिते, प्रधानमन्त्रीदेखि विभिन्न लाभका पदमा पगे तर आफूलाई भोट दिने जनताका समस्या के छन् भनेर एक पटक सोध्न/हेर्न आएनन् । त्यसो हुनुमा धेरैजसो खाली बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारहरु भए । उनीहरु यो क्षेत्रको समस्या समाधानभन्दा पनि समास्या ब्यूँत्याउनतिर मात्रै लागे ।’ ‘यहाँ जति पनि नेताहरु उम्मेदवार बनेर आए उनीहरुले खाली भौतिक विकासका कुरा मात्रै उठाए तर सांस्कृतिक र पुरातात्विक विषयमा कसैले ध्यान नदिएको भन्दै त्यसको लागि आफूलाई मत दिइ विजयी गराउन आग्रह गरिन् ।

यस क्षेत्रमा अहिलेसम्म निकम्मा नेतृत्व भएकाले सार्वजनिक जग्गा र पुरातात्विका वस्तुहरुको व्यापक रुपमा अतिक्रमण भएकाले त्यसको रक्षाका लागि आफूले जिन्तुपर्ने जिकिर गरिन् । हिन्दू धर्म, संस्कार, संस्कृतिमा दिनप्रतिदिन प्रहार भइरहेको भन्दै त्यसको रक्षाका निम्ति आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेकी छिन् । त्यसैगरी सार्वजनिक अतिक्रमण भएका कारण अहिले खुल्ला ठाउँहरु छैनन् । मठमन्दिरका छेउछाउतिर अहिलेकति खाली ठाउँ देख्यो कि कुनै न कुनै नाममा बनाइहाल्ने प्रवृत्तिले हाम्रा भावी पुस्ताको लागि खाली ठाउँ नै नरहने भन्दै त्यसको रक्षा र प्रवद्र्धनका लागि आफूले पहल गर्ने बताइन् । उनी भन्छिन्, ‘यसरी सार्वजनिक जग्गा अतिक्रमण हुँदा खाली ठाउँ मासिँदै गएर स्वच्छ हावा, सुद्ध खानेपानी अभावले वातावरण असन्तुलित हुने औल्याइन् ।

उनी थप्छिन्, ‘यस क्षेत्रमा जहिले पनि एउटै पार्टीका, एउटै व्यक्तिहरुले चुनाव जित्ने । उनीहरुले बारम्बार यहाँका जनतालाई झुक्याइरहने । यसपटक काठमाडौं २ का जनताले परिवर्तन ल्याउँछन् । म यहाँका मतदातालाई ‘हाम्रो होइन, राम्रो’ हेर्नुहोस् भन्न चाहन्छु ।’ यसअघि तपाईंहरुले धेरै पटक हाम्रालाई हेर्नुभयो, आफ्नो पार्टीलाई हेर्नुभयो । तर, यसपटक पनि हाम्रो पार्टीको हाम्रो मान्छे भनेर झुक्किनुभयो भने अरु पाँच वर्ष फेरि पछुताउनुपर्ने हुन्छ’, पोख्रेलले बताइन् । तपाईंले चाहीं चुनाव जित्ने आधार के भन्दा उनी भन्छिन्, ‘काठमाडौं २ नागरिकहरुले मलाई खोजी–खोजी आएका छन् । त्यसकारण आधारमा म यसपटक चुनाव जित्दै छु ।’ ‘जनता भगवान हुन्, उम्मेदवार भक्तजन हुन् ।’ उनीहरुले जस्तो फल दिन्छन् स्वीकार्नुपर्छ । ‘जनताले परिवर्तनको खोजी गरेका छन् ।

काठमाडौं २ मा परिवर्तनको दीयो बाल्न राप्रपाले मलाई पठाएको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई ‘हलो’ चिन्हमा भोट हाली मलाई जिताउनुहोस्,’ पोख्रेलले आग्रह गरिन् ।

राप्रपाले ऐतिहासिक जित निकाल्दै : कुन्ती पोख्रेल

आगामीमंसिर ४ माहुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यउम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ऐतिहासिक जित हुने बताएकी छिन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शंखरापुरको शाँखुमा आज आयोजना चुनावी आम सभालाई सम्बोधनगर्दै यस्तो बताएकी हुन् । उनले शंखरापुर नगरपालिकाको पुरै क्षेत्र, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९ र काठमाडौं महानगरपालिकाको वडा नं. ९ र ३२ लगायत सबै ठाउँका घर, टोल, वस्तीहरुमा घरदैलो तथा पटक–पटक भेटघाट गरिसकेकी थिइन् ।

यस बीचमा पोख्रेल यस क्षेत्रका आम मतदाताको मनमुटुमा छाउन सफल भएकी छिन् । पोख्रेल समाजसेवी भावना, स्वच्छ छवि, मिजासिलो स्वभाव, स्पष्ट भिजन, स्थानीयवासी, नयाँ अनुहार, युवा उम्मेदवार र स्पष्ट चुनावी एजेन्डा भएका कारण पनि सबै तह, तप्का, वर्ग, समुदायको मनमुटु छुन सफल भएकी हुन् । अर्को हिन्द राष्ट्र, धर्म संस्कार, संस्कृतिको रक्षा गर्ने नारा बोकेकाले पनि आमजनमानसमा मुटुको ढुकढुकी बन्न पुगेकी हुन् । यस क्षेत्रमा राप्रपाकी कुन्ती पोख्रेलको चर्चा चुलिनुको कडी के भनी प्रश्नगर्दा शाँखुका स्थानीय बताउँछन्, ‘यसका धेरै कारण छन्, त्यसमा पहिलो त पुराना दलप्रति जनता धेरै चिढिँएका छन् ।

दोस्रो ती दलहरुले उम्मेदवार चयन गर्दा पनि पटक–पटक पदमा पुगेर पनि केही काम नगरेका, पुराना अनुहार दोहोयाएर पठाएका छन्, उनीहरुप्रति जन आकर्षण छैन । अर्को यस क्षेत्रबाट जतिपनि उम्मेदवार उठेका छन् उनीहरुसँग स्पष्ट भिजन देखिँदैन । कतिपय बाहिरबाट आएका उम्मेदवारहरु छन् तिनीहरुबाट यस क्षेत्रको विकास हुन्छ भन्नेमा हामी विश्वस्त छैनौं । अर्का सहभागी बताउँछन्, ‘अब पुराना पार्टी र नेताहरुको विश्वास छैन । उनीहरुले अहिलेको युग अनुसारको परिवर्तन ल्याउन सक्दैनन् ।

अहिले हाम्रो चाहना भनेको परिवर्तनको हो । त्यो युवा नेताहरुबाट मात्रै सम्भव छ । त्यसको लागि काठमाडौं २ बाट यसपटक राप्रपाकी कुन्ती पोख्रेल आउनुभएको छ । उहाँले सामाजिक कामबाट पनि यो क्षेत्रमा धेरै सहयोग गर्नुभएको छ । उहाँको चुनावी एजेन्डा पनि स्पष्ट छ । कुन्ती पोख्रेललाई नै भोट किन? भन्ने प्रश्नमा सहभागीमध्ये जेष्ठ नागरिक बताउँछन्, ‘यतिबेला धर्मनिरपेक्षाको नाममा नेपालको धर्म, संस्कार, संस्कृति, रितिरिवाज र तिथि मेटिइसकेको छ । हिन्दू राष्ट्र नेपालको पहिचनहो । त्यसलाई यी पुरानादलका नेताहरुले बेचेर खाइसके ।’ अहिले नेपाल अभिभावक गुमाएको बच्चा जस्तो भएको छ ।

त्यसकारण नेपालमा अभिभावकीय भूमिका निर्वाह गर्नको लागि राजा सहितको प्रजातन्त्र आवश्यक छ । यतिबेला राप्रपाले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित हुनुपर्ने नारा लिएर आएको छ, त्यसकारण पनि ‘हलो’मा भोट दिएर कुन्ती पोख्रेललाई जिताउने हो’, अर्का स्थानीय भन्छन् । नेपालमा दशैं, तिहार, तीज नमाउने को छ ? भन्दै प्रतिप्रश्न गर्दै शंखरापुरका स्थानीय बताउँछन्, ‘यस क्षेत्रबाट यसपटक राप्रपाले ऐतिहासिक जित हाँसिल गर्दै छ, त्यसको लागि हामीले ‘हलो’मा भोट हाली कुन्ती पोख्रेललाई जिनाउने अभियान चलाएकाहौं ।’ त्यसको पुष्टि अहिलेसम्म हामीले गरेका घरदैलो तथा भेटघाट कार्यक्रमा जनताले गरिसकेका छन् ।’

अर्का युवा भन्छन्, ‘यो निर्वाचन परिवर्तनको कडी हो त्यसको प्रतिनिधित्वयुवा नेतृ कुन्ती देवीपोख्रेलले गर्नुहुन्छ । उहाँलाई अन्य आस्था, विचार राख्ने साथीहरुले पनि सहयोग गर्ने भएका छन् । यसपालिको निर्वाचनमा राप्रपाको भोट तेब्बरले वृद्धि हुँदैछ । यो भनेको २१ हजार माथिहो । त्यसमाथि अन्य पार्टीबाट बिच्किएका भोट ५ हजार हाराहार राप्रपामा आउँदै छ । गठबन्धन र पुरानापार्टीबाट असन्तुष्ट भोट राप्रपालाई १० हजार हाराहारी आउँछ,’ स्थानीयवासीले दावी गरे ।

‘यो परिदृश्यलाई आँकलन गर्दा झन्डै ३५ हजारमाथि भोट ल्याएर कुन्ती पोख्रेलले राप्रपाबाट जित निकाल्ने देखिन्छ’ स्थानीयको भनाइ छ । कुन्ती पोख्रेलको अहिलेसम्मको प्रचारप्रसारको शैली र यस क्षेत्रका नागरिकको आकर्षण हेर्दा पनि ३५ हजारमाथि भोट सहित राप्रपाले काठमाडौं क्षेत्र नं. २ मा जित निकाल्ने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *