काठमाडौ महानगरका सहकारीमा बचतकर्ताहरूको भीड बढ्दै


काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा संचालकले बचत फिर्ता नगरेको भन्दै उजुरी गर्नेको संख्या बढेको छ । विनियममा उल्लेख गरिएका निति नियम राम्रोसंग पालना नगरी सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि यस्तो समस्या बढ्दै गएको हो। महानगरपालिका सहकारी विभागमा दैनिक ४ वटा संस्थाहरुको उजुरी पर्ने गरेको छ । पछिल्लो समय सहकारीमा भएका समस्यालाई व्यक्तिहरु बीच वार्ता गराएर कसरी बचत फिर्ता गराउन सकिन्छ भनेर सुझावहरु दिने, तरलता समस्यामा कसरी बचत फिर्ता गर्न सकिन्छ भनेर बाटो देखाउन आफुहरु लागि परेको महानगर सहकारी विभागकी उपनिर्देशक बिमला कोईरालाले बताईन् । कतिपय बजारमा हल्लाको पछाडी लागेर बचत फिर्ता गर्न आउने गरेका छन भने कतिपय उजुरी सहकारीका अध्यक्ष तरलताको अभावले सम्पर्क बिहिन भएको कारणले आउने गरेको उनले बताईन् । विभागमा यस्तो उजुरी अन्य सहकारीको भन्दा बचत तथा ऋण सहकारी संस्था धेरै आउने गरेको विभागले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *