दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जानकारी गराएको छ । यससँगै अब बजार खुलेसँगै यी दुई बैंकको सेयर किनबेच गर्न पाइने छ । दोश्रो बजार अब निर्वाचन पछि अर्थात मंसिर ६ गते मंगलबार मात्रै खुल्ने छ । यी दुई बैंकले एक आपसमा मर्जमा जानको लागि २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि नेप्सेले जेठ २८ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *