बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।उहाँले मतदातासँग लाइनमै बसेर मतदान गर्नुभएको हो ।

मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । पाण्डेसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका-६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका-७ सालबास मावी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका-७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका-४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *