बिन्धबासिनी साकोसको वित्तीय विवरण सार्वजनिक


बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार संस्थाले कात्तिक मसान्तको वित्तीय विवरण प्रकाशित गरेको हो । विभागले हरेक महिना वित्तीय वितरण सार्वजनिक गर्न संस्थाहरूलाइ निर्देशन दिएको थियो ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कात्तिक महिनामा संस्थाको तरलता १८.१९ प्रतिशत रहेको छ । त्यसैगरी संस्थाको शेयरपुँजी ४५ करोड ७२ लाख ४६ हजार, साधारण जगेडा कोष ३० करोड ९० लाख ५० हजार, विभिन्न कोषहरूमा १५ करोड २८ लाख १४ हजार र कुल संस्थागत पुँजी ३१ करोड ५७ लाख रहेको छ । त्यसैगरी कुल बचत ३ अर्ब ५ करोड ९२ लाख, ऋण लगानी ३ अर्ब ५७ करोड १३ लाख र कुल सम्पत्ति ४ अर्ब ४३ करोड ८९ लाख रहेको संस्थाका प्रमुख कार्य कारी अधिकृत के बी लामाले जनाएका छन् ।
संस्थामा ४६ हजार ९४० सदस्य रहेका छन् भने संस्थाले १० हजार ९६१ जनामा ऋृण लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.