गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा ९माओवादी केन्द्र०का कृष्ण धिताल विजयी हुनुभएको छ ।

आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो । धिताल उहाँ वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *