कांग्रेस नेता कोइराला लगातार चौथो पटक विजयी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट उहाँले लगातार चौथोपटक जित हासिल गर्नुभएको हो ।

वि.सं २०४८ देखि नेपाली कांग्रेस विजयी हुदै आएको नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी हुनुभएको छ । डा. २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मिनुभएको हो । उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो ।

त्यसयताका आमनिर्वाचनमा उहाँ विजयी हुदै आउनुभएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उहाँ एकमात्र विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल हुनुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *