नबिल बैंकले ऋण चुक्ता नगर्ने एमबि निर्माणको जग्गा बिक्री गर्दै


काठमाडौं । नविल बैंकबाट ऋण लिएर चुक्ता नगर्ने एमबि निर्माण सेवाको धितो लिलाम गरेको छ । साविक नेपाल बङ्गलादेश बैंक हुँदा मकवानपुरको हेटौंडा शाखाबाट एमबि निर्माण सेवाले ऋण कर्जा लिएको थियो । बैंकले समय समयमा चुक्ता गर्न ताकेता गरेपनि शर्तहरु उल्लङ्घन गरेपछि १५ दिन भित्र सुचना जारी गर्दै जग्गा लिलाममा राखेको छ । ऋण चुक्ता नगरेपछि बैंकमा राखिएको धितो लिलाम गर्ने भएको हो । बैंकको उक्त धितोमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । साथै बैंकले भोलि मंसिर ९ गते बोलपत्र खोलिने बताएको छ । ऋण लिँदा कम्पनीका सञ्चालक तथा जमानतकर्ताहरु मछिन्द्र बतौला, शिव कुमारी बतौला, सुरेन्द्र बतौला, निर्मला बतौला र रामहरी बतौला रहेका छन् । रामहरी बतौलाको नाममा रहेको मकवानपुर स्थित रहेको कित्ता नम्बर २६५२ को क्षेत्रफल ०–४–१४.५–० क्षेत्रपलमा रहेको जग्गा लिलाम गर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *