माओवादीको बागीले धनकुटामा सुनील थापालाई धक्का


काठमाण्डौं । नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका हेमराज भण्डारीका कारण धनकुटामा सुनील बहादुर थापालाई धक्का पुगेको छ । सुनील २८ हजार ७०४ मतका साथ पराजित हुँदा भण्डारीले ५ हजार ९२६ मत पाए । धनकुटाका कांग्रेस र माओवादीका नेताहरूले हेमराजले सुनीलको भोट काट्दा उनी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । हुन पनि हेमराजकै कारण एमालेका राजेन्द्र राईलाई फाइदा पुग्यो । राईले ३० हजार १०१ मत पाउँदा सुनील र उनीबीचको मतान्तर १३९७ रहेको छ । जबकि हेमराज एक्लैले ५ हजार ९२६ मत पाए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *