सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।

निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाउनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गर्नुभएको थियो । दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी हुनुहुन्छ । कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को हुनुहुन्छ ।

वि.सं २०२२ भदौ २५ मा जन्मिनुभएका घिमिरे नेपाली कांगे्रसको केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि हुनुभएको थियो । वि.सं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नाकोत्तर गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *