एनआईसी एशिया बैंकले ७२ ठाउँका करोडौंका घरजग्गा बेच्दै


काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्रीका लागि सूचना जारी गरेको छ । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ७२ स्थानको गैर–बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो ।बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८का विभिन्न स्थानमा रहेको जग्गा, पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, पोखरिया नगरपालिका ४, नवलपरासी वर्दघाट सुस्ता पूर्व को गैंडाकोट नगरपालिका ४,चितवनको भरतपुर महानगरपालिका १८, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ र काठमाडौंको काठमाडौं महानगरपालिका ६ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४, ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ९, रौतहटको चन्द्रपुर नगरपालिका १०, बृन्दावन नगरपालिका ६, गरुडा नगरपालिका ६, ५ र फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर समेत बिक्रीमा राखेको बैंकले बताएको छ ।
बैंकले पर्साको वीरगञ्ज महानगरपालिका १२ र १३, मोरङको रतुवामाई नगरपालिका, विराटनगर महानगरपालिका १६, कास्कीको पोखरा महानगरपालिका, काठमाडौंको चन्द्रागिरी ५ र रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा रहेका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ ।
बैंकले आफ्नो नाममा रहेका धनकुटाको धनकुटा नगरपालिका ३ र ५, साविक निगाले गाउँ विकास समिति गाविस ८ मा रहको जग्गा, मुगुको साविक श्रीनगर गाविस ४, ५, ६ र ७ ,साविक कार्कीवाडा गाविस ३ र ४ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखेको छ ।
यस्तै, बैंककै नाममा भएका कालिकोटको खाँडाचक्र नगरपालिका ६मा रहेको घरजग्गा, चितवनको साविक पञ्चकन्या गाविस ८ मा रहेको घरजग्गा, बाराको कलैया नगरपालिका ७ र उत्तर झिटकैया गाविस १ का विभिन्न स्थानमा रहेका जग्गा बिक्री गर्ने भएको हो ।
यस्तै, मोरङको साविक कटहरी गाविस ३ मा रहेको जग्गा, विराटनगर उपमहानगरपालिका२१ मा रहेको घरजग्गा र सुनवर्षी नगरपालिका ५ का विभिन्न स्थानमा रहेको घरजग्गा,सुनसरीको इनरुवा नगरपालिका २र दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका १२, जुम्लाको साविक महतगाऊँ गाविस ३, विरेन्द्रनगर नगरपालिका २, ३, ६ र १० मा रहेका विभिन्न ठाउँका जग्गा जमिन बिक्रीमा राखेको हो ।
बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *