तनहुँ १ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित


काठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।
स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *