नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १ सय ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको जनाएको छ । सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा, ८ गते धनगढीमा र मंसिर ९ गते डडेलधुरामा सम्पन्न सो कार्यक्रम आयोजना गरिएको कम्पनी कार्यकारी अधिकृत खत्रीले बताए।
कम्पनीका मार्केटिङ बिभागका प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मानपत्रबाट सम्मान गरेका थिए । कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *