प्रदेशसभाको यात्रामा : दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ मा नेकपा ९एकीकृत समाजवादी०बाट लक्ष्मण लम्साल हुनुहुन्छ ।

यस्तै संविधानसभा सदस्य नेपाली कांग्रेसका तीर्थ लामा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ र प्रतिनिधिसभा–२ प्रदेशसभा २ मा कांग्रेसकै कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरु वाग्मती प्रदेशसभाको संसदीय यात्राको पहिलो अनुभव लिने क्रममा हुनुहुन्छ ।

प्रदेशसभा सदस्यमा दोहोरिनुभएका ढकालले २० हजार सात सय २० मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी एमालेका दिलबहादुर तामाङलाई नौ हजार चार सय ४२ मतान्तरले पराजित गर्नुभयो । उहाँ विसं २०३७ मा देउराली गाउँपालिका–५ जन्मिनुभएको हो । गाउँका तत्कालीन माओवादी नेताहरू यानप्रसाद गौतम, तीर्थ गौतम, नवीन गौतम, दिननाथ गौतमलगायतको राजनीतिबाट प्रभावित भएर राजनीति सुरु गर्नुभएका ढकाल ०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को भातृसङ्गठन अनेरास्ववियू ९क्रान्तिकारी० मा सङ्गठित हुनुहुन्थ्यो ।

वि.सं २०५६ मा अखिल ९क्रान्तिकारी०को पूर्णकालीन सदस्यको रूपमा लाग्नुभएका ढकाल संगठनको विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको ढकाल हाल वाग्मती प्रदेशको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।

यस्तै प्रदेश संसदीय यात्रामा दोहोरिनु भएका लम्सालले हाल १९ हजार चार सय आठ मत ल्याई मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेललाई एक सय ८८ मतान्तरले विजयी हुनुभएको छ । २०३६ मा मण्डनदेउपुर नगरपालिका–७ मा जन्मिनुभएका हो । विद्यालयमा अध्ययनरत देखिनै विद्यार्थी राजनीतिमा होमिएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल २०७४ मा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीको सचिवको भूमिकामा हुनुहुन्छ ।

यसैगरि ०७० मा संबिधानसभा सदस्य नेपाली कांग्रेसका लामा हाल प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा हाल १९ हजार दुई सय ८० मत प्राप्त गरी एमालेका चन्द्र लामालाई जम्मा तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको छ । हाल उहाँ प्रदेशसभामा संसद्को अनुभव लिँदै हुनुहुन्छ । वि.सं २०६४ मा नेपाली कांग्रेस प्रवेश गरेर राजनीति सुरु गर्नुभएका लामा सोही वर्ष पार्टीको क्षेत्रीय उपसभापतिमा मनोनित हुनुभयो ।

त्यसयता क्षेत्रीय समिति सभापतिहुँदै पार्टीको १४औँ महाधिवेशनमा उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भई उद्योग राज्यमन्त्रीसमेत हुनुभएका श्रेष्ठ हाल प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा २ मा विजय हुनुभएको छ । उहाँले २६ हजार ३५ मत प्राप्तगरी निकटतम् प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई चार हजार ७८ मतान्तरले पराजित गर्नुभएको हो ।

वि.सं २०२४मा बनेपामा जन्नुभएका श्रेष्ठ २०३६ सालदेखिनै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । १५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बन्नुभएका श्रेष्ठ २०४४ मा सङ्घको कोषाध्यक्ष, २०४७ मा सङ्घको जिल्ला सभापति हुनुभएको थियो । सङ्घको नेतृत्वपछि उहाँ २०५१ र २०५८ मा दुईपटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बन्नुभएको थियो । यस्तै २०५८ मा नेपाल तरुणको जिल्लाध्यक्ष तथा २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य हुनुभएका श्रेष्ठ नेपाल ट्रेडयुनियन कांग्रेस काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

श्रेष्ठ २०६४ मा नेपाली कांग्रेस जिल्ला समितिको कोषाध्यक्ष, २०५७ मा पार्टीको १०औँ र २०६१ को ११औँ महाधिवेशनमा महासमिति सदस्य तथा पार्टीको १२औँ र १३औँ महाधिवेशनमा ३ नं क्षेत्रीय सभापति र १४आंँै महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित हुनुभयो । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी श्रेष्ठले २०६२/२०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गर्नुभयो ।

उहाँ २०५४ मा कांग्रेसको तर्फबाट बनेपा नगरको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । राजनीतिमा निरन्तर क्रियाशील श्रेष्ठ विभिन्न सामाजिक सङ्घ–सङ्गठनमा क्रियाशील हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *