नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रकियाको अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलबार बसेको दुवै बैंकको संचालक समितीको बैठकले मर्जरमा जाने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनालले बताए ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब रुपैयाँ हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *