दीपक मनाङे नेकपा एसमा प्रवेश


काठमाण्डौं । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मनाङ ख बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा एमालेले आफ्नो पक्षमा ल्याउनको लागि उमेदवार नै उठाएका थिएनन् । अन्ततः स्वतन्त्र निर्वाचित भएका मनाङे एकीकृत समाजवादी प्रवेश गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले विज्ञप्ति जारी गर्दै उनले आफू एकीकृत समाजवादी प्रवेश गरेको उल्लेख गरेका छन् । मनाङेले समाजवादी प्रवेश गर्दैै आफू गठबन्धनकै पक्षमा रहेको पनि प्रष्ट पारेका छन् । एकीकृत समाजवादीमा प्रवेशसँगै मनाङे पार्टीबाट गण्डकी प्रदेशमा प्रत्यक्षतर्फका एकमात्र सांसद भएका छन् । गठबन्धनको भागबण्डामा समाजवादीले नवलपुर २ ख पाएको थियो । त्यहाँबाट उमेदवार बनेका गोपाल खनाल एमालेका लक्ष्मण पाण्डेसँग पराजित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *