नेशनल लाइफको १५ प्रतिशत बोनस पारित


काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष आव २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । कम्पनीको ३४औं वार्षिक साधारण सभाले आव २०७७।७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि लाभांश पारित गरेको हो । नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *