देउवाले भोट मागेपछि शशांकको भने – फेरि भेटौँला


काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न शशांक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् । निर्वाचित भएपछि दुई नेताबीच मंगलबार बिहान पहिलोपटक भेटवार्ता भएको हो । भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न आग्रह गर्दै भोट मागेका थिए । मलाई संसदीय दलमा सहयोग गर्नुहोला, शशांकनिकट स्रोतका अनुसार देउवाले भनेका थिए, गठबन्धनलाई लिएर जान म नै प्रधानमन्त्री बन्नुपर्ने अवश्यकता छ । देउवाले भोट माग्दा शशांकले हाँसेर मात्र टारेका थिए । फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ, शशांकले जवाफमा देउवालाई भनेका थिए । शशांक योपटक संसदीय दलको नेता बन्ने दौडमा छन् । स्रोतका अनुसार ‘फेरि भेटौँला’ भन्नुको अर्थ उनले देउवालाई योपटक संसदीय दलको नेतामा आफूलाई सहयोग गर्न र कांग्रेसभित्र पुस्तान्तरणको आवाजको सम्बोधन गर्न आग्रह गर्ने तयारी गरेका छन् । शशांकनिकटहरूका अनुसार त्यसबारे उनले केही दिनमै देउवासित पुनः छलफल गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *