एनआईबीएल एस क्यापिटल र सस्तो डिलबीच सम्झौता


काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र इकमर्स कम्पनी सस्तोडिलकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलका तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरे । यो लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ । उक्त अवसरमा एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘ईकर्म्सले संसारभरिका विभिन्न मूलूकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षिय इतिहासमा प्रमाणीत गरेको छ । ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ । उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कुरामा हामी विश्वस्त छौं ।
उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले भने, ‘हामी एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छौं । एनआईबिएलको नेपालभरको नेटवर्क, बैंकिङ, भुक्तानी प्रणाली आदिको संजाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउनेछ । हाम्रा अन्य मुख्य लगानीकर्ताहरू डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूह संगै अव एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र बिदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्यमा छौं ।
त्यसै कार्यक्रममा सहभागी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले एनआईबीएल एसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलको व्यवसाय बृद्धिमा थप टेवा पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *