प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल आज


काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज मंगलबार अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने आजको पहिलो खेलमा मोरोक्कोले स्पेनविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज ९मंगलबार० अन्तिम–१६ का अन्तिम दुई खेल हुँदै छन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने आजको पहिलो खेलमा मोरोक्कोले स्पेनविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । मोरोक्को समूह ‘एफ’ को विजेताको रूपमा र स्पेन समूह ‘ई’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएको हो । यस्तै, आजको दोस्रो खेलमा राति १२ः४५ बजे पोर्चुगल र स्विजरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको लुसैल रंगशालामा हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेताको रूपमा र स्विजरल्यान्ड समूह ‘जी’ को उपविजेताको रूपमा अन्तिम–१६ मा आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *