भारतका अर्थ राज्यमन्त्रीसँग भेटपछि विनोद चौधरीले भने नवलपरासीको सर्वाङ्गीण विकासबारे छलफल भयो


काठमाण्डौं । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए ।सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् पंकज चौधरीजी को भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *