बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने


काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट हुने भएपछी टिकटको मूल्य पनि कम भएको छ ।
हाल एटीआर ४२ विमानले काठमाडौं सुर्खेत उडानमा न्यूनतम १० हजार ९ सय ९५ रुपैयाँ लिँदै आएकोमा एटीआर ७२ विमानले ७ हजार रुपैयाँ लिने भएको छ । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न बुध्द एयरले जनाएको छ ।
हाल सञ्चालनमा रहेको एटिआर – ४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बुध्द एयरको भनाइ छ । ‘सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको थियो । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् बुध्द एयरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आगामी पुष १ गतेदेख दैनिक बिहान १०ः०० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले सार्वजनिक गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *