सिटी एक्सप्रेसको बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न


सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो योजनाअन्तर्गतमेगा बम्पर उपहारसाउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई ५ तोला सुन , यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल ईन्भेष्ट्मेण्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतभदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६३दिन सम्मचल्ने बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाग्यशाली मेगाबम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९जनाले साप्ताहिकउपहार ( १० । १० तोलाचाँंदी)र २जनाले मासिकउपहार (१ । १तोला सुन ) जित्न सफलभएका छन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *