आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा


काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।
त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । सो र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताए । त्यसै अन्तर्गतको ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा गरे । तिनलाई जोगाउनु सबैको कर्तव्य भएको पनि उनले बताए । नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी पनि उनले दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *