प्रभु र सेञ्चुरी बैंकबीच प्राप्ति गर्ने अन्तिम सम्झौता


काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न २१ मंसिरमा अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । दुवै बैंकबीच पौष मसान्तभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अन्तिम सम्झौता भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सयिल बैंकलाई प्राप्ति गर्न गत साउन १५ गते मर्जर सम्झौता गरेको थियो । सेञ्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट गत भदौ २० मा सैद्धान्तिक सहमति प्राप्त गरेको थियो ।‘ दुई बैंकबीच प्राप्तिका लागी बुधबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ, पौष मसान्त भित्र संयुक्त कारोबार गर्नेगरी अन्तिम सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समतिकिा संयोजक रमेश सिंह खड्का र सेञ्चुरी बैंकका मर्जर समिति सदस्य मन बहादुर राईले हस्ताक्षर गरेका हुन्, । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *