टाटाको मेगा सर्भिस क्याम्पको समुद्घाटन


काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । कम्पनीका अनुसार टाटाको देशभर १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् । कम्पनीका अनुसार काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित ग्राहक केन्द्रबाट क्याम्प सञ्चालन हुनेछन् । त्यसैगरी उपत्यका बाहिर पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी र नेपालगञ्ज ग्राहक सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछन् । क्याम्पमा टाटाका पेसेन्जर कारहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *