जलकन्या मन्दिर परिशरमा गंगेश्वर शिवालय मन्दिरको शिलान्यास- (फोटोसहित)

काठमाडौँ । झापाको कालिस्थान अर्जुनधारा- १० स्थित जलकन्या मन्दिर परिसरमा निर्माण हुने गगेंश्वर शिवालय मन्दिरको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्द्धन गर्दै उक्कत क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले निर्माण शरु गरिएको उक्त मन्दिर निर्माण स्थलमा भूमि पुजन शिलान्यास तथा बास्तु घडा स्थापना गरिएको हो ।

स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा शुरु गरिएको मन्दिर निर्माणको कुल लागत अनुमानित २० लाख रुपैया रहेको छ ।

गत तिहारमा सप्पन्न भएको देउसिभैलोबाट संकलन भएको ५ लाख रुपैयाँले हाल मन्दिर निर्माण सुरु गरिएको र बाकी स्रोतको लागी दाताहरुसँग समन्वय गरिनेछ । मण्डलीका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माता झुमादेवी बस्नेत र विशेष अतिथि अर्जुनधारा जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलबाट शिलान्यासको कार्य सम्पन्न भएको थियो ।

मन्दिर ब्यवस्थापन समितिका सचीव एवम् मण्डलीका सल्लाहकार ओम प्रकाश भट्टराईले मन्दिरको पृष्ठभुमिसहित स्वागत गरेको कार्यक्रममा अर्जुनधारा १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपाने, धामका मुल अर्चक सिग्देल, समितिका उपाध्यक्ष चन्द्रशेखर दाहाल, लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा समितिका उपाध्यक्ष दाहालले मन्दिर निर्माण गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषण गरेका थिए ।

१५.५ लम्बाई र १५.५ चौडाईको क्षेत्रफलमा निर्माण हुने उक्त मन्दिर प्यारोडा शैलीको हुने बताइएको छ । महिनाभित्र मन्दिर निर्माणको कार्य सम्पन्न गरि समितिलाई हस्तान्तरण गर्ने मण्डलीको लक्ष्य रहेको छ ।

आवश्यक बजेट अभावमा मन्दिर निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन मण्डलीले कार्यक्रममार्फत सबै दातासँग आह्वान गरेको छन् । उक्त कार्यक्रमका सञ्चाल मण्डलीका साधारण सदस्य रुद्र खतिवडाले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *